मध्यविन्दु नगरपालिका नेपाल सरकार महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना मा मध्यविन्दु नगरपालिकामा विद्यालयस्तरका बालबालिकालाई लागुऔषध दुव्र्यसनी, बालविवाह नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम मध्यविन्दु नगरपालिकामा सन्पन्न भएको छ । नवजागरण नमुना माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्दु काफ्लेको अध्यक्षता एवं् नगरप्रमुुख चन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नगरउपप्रमुख ओम कुमारी महतो, शिक्षा मध्इविन्दु नगरपालिका शिक्षा ,युवा तथा खेलकुद मन्त्रालयका संयोजक देवीराम अर्याल, नेपाल सरकार महिला तथा बालबालिका विभागकी निर्देशक दुर्गा देवकोटा, नवजागरण नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हरि प्रसाद देवकोटाको आतित्थ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक विशाल तामाङले प्रशिक्षण प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाले लागु औषध, लागुऔषध दुव्र्यसनी ,बालविवाहको कारण , यस्का परिणाम र कानुनी सजाए का बारेमा प्रष्ट पार्नुुभएको थियो विशेष विद्यालय स्तरका बालबालिका बढि मात्रामा लागु औषध दुव्यर्सन तथा ओसारपोसारमा संलग्न रहेको भन्दै विद्यालय स्तरबाटै बालबालिकालाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाले विशेषगरी गलत प्रवृधिको प्रयोगका कारण , अशिक्षा, र कानुनी अनविज्ञताको कारण समाजमा बालविवाह हुने गरेको प्रष्ट पार्नुभएको थियो । साथै बालविवाह गरेमा उत्त विवाह बदर हुने र बालविवाह गर्ने गराउने दुवैलाई ३ वर्षको कानुनी सजाएको व्यवस्था रहेको बताउनुभएको थियो । कक्षा ९ र १० का करिब ३० जना विद्यार्थीहरुकोसहभागिता रहेको कार्यक्रमको संचालन शिक्षा मध्इविन्दु नगरपालिका शिक्षा ,युवा तथा खेलकुद मन्त्रालयका सा्रेत व्यक्ति रामजी ढकालले गर्नुभएको थियो ।
लागू पदार्थ दुर्व्यसनी तथा बालविवाह विरुद्दको सचेतना कार्यक्रम सम्पन्न
12