रन्जीत शर्मा/ नवलपरासी/ १ असोज । पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकामा ६ देखी २३ महिना सम्मका १८०० बालबालिकाका लागि राहत वितरण गरिएको छ ।
बिश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण सम्भावित जोखिम लाई मध्यनजर गर्दै नेपालमा पनि गत चैत्र ११ गतेदेखी हालसम्म सरकारले लागु गरेको लकडाउनको कारण बालबालिकामा समेत असर पारेको हुनाले बलियो नेपालको सन्चालन , प्रतापपुर गाउपालिका को सहकार्य , कालिका संस्थाको परिचालन तथा राष्ट्रिय वाणिज्य बैंकको सहयोगको मा प्रतापपुर गाउपालिकाका वडा न० १ देखि ०९ सम्मका १८०० बालबालिकाको पोषिलो आहारको रुपमा सर्वाेत्तम पिठो, साबुन तथा मास्क अर्थात कोभिड राहत वितरण गरिएको छ ।
बलियो नेपाल संस्थाका अध्यक्षको अध्यक्ष्ाता तथा प्रतापपुर गाउपालिकाका कार्यबाहक अध्यक्ष अन्जु चौधरीको प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बालबालिकाहरुको ८०% मस्तिष्क विकास २३ महिना भित्रै हुने भएको हुँदा समयमै पोषिलो खानेकुरा तथा २३ महिना सम्म निरन्तर स्थानपान गराइ राख्नु पर्छ । बलियो लिटो को साथसाथै दाल, हरियो साग सब्जी मिसाएर पोषिलो आहार बालबालिकालाई दिने हुनाले सधै स्वास्थ रहेने सक्ने कुरामा जोड दिनु भएको छ ।